ह्यारी आएपछि बर्दिया निकुञ्जमा पर्यटकको वृद्धि

साउन १५, बर्दिया । पछिल्ला वर्षहरुमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्ज घुम्नका लागि वाह्य सँगै आन्तरिक पर्यटक पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४मा बर्दिया राष्ट्रिय निकुञ्जमा १७ हजार ९ सय ५९ पर्यटक भित्रिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो । संरक्षण अधिकृत थापाका अनुसार एक वर्षको अवधीमा सबैभन्दा बढी आन्तरिक पर्यटकले नै निकुञ्ज अवलोकन भ्रमण गरेका छन् ।

आर्थिक वर्ष २०७३/०७४को अवधीमा ११ हजार ६ सय ९ आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेको बताइैएको छ । यसैगरी एक वर्षको अवधीमा ५ हजार ८ सय २७ विदेशी पर्यटक बर्दिया निकुञ्जमा भित्रिएका छन् । भने सार्क मुलुकका ५ सय २३ पर्यटकले निकुञ्ज अवलोकन भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । निकुञ्जमा पर्यटक बढे सँगै राजश्वमा पनि बृद्धि भएको निकुञ्जले जनाएको छ । आर्थिक वर्ष २०७३/७४ मा निकुञ्ज भित्रिएका पर्यटकबाट ३ करोड १६ लाख ९७ हजार २ सय ६३ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार पछिल्ला वर्षहरुका बर्दिया निकुञ्जमा बाघ, गैँडा, हात्ती लगाएतका वन्यजन्तुको संख्या बढ्दै गएपछि पर्यटकहरु पनि आर्कषित भएका हुन । नेपालमा बाघ पाईने दोश्रो ठूलो निकुञ्जको रुपमा प्रख्यात यस निकुञ्ज भित्र विश्वमै र्दुलभ मानिने पाटेबाघ हेर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेको निकुञ्जको भनाई छ । निकुञ्ज घुम्ने उपयुक्त समय सेप्टेम्बरदेखि अप्रिल महिना सम्म हो पछिल्ला वर्षको तुलनामा निकुञ्जमा बाघ, गैँडा लगाएत अन्य जनावरको संख्यामा बृद्धि भएको खबर चर्चामा आएपछि निकुञ्ज घुम्न आउनेको संख्या बढ्दै गएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनुभयो । हाल बर्दिया निकुञ्जमा बाघको संख्या बढेर ६२ पुगेको छ ।

पछिल्लो पटक वेलायतका राजकुमार ह्यारीले निकुञ्ज भ्रमण गरेयता विदेशमा पनि बर्दिया निकुञ्जले विशेष चर्चा पाएको संरक्षणकर्मीहरुको भनाई छ । निकुञ्जमा स्वदेशी तथा विदेशीहरुका हात्ती सफारी, जंगल सफारी, जंगल वाक, र्याफटिङ्गलगाएको सुविधा रहेको छ । बर्दिया निकुञ्ज तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्र हो । हात्ती सफारी, जंगल सफारी, कर्णाली नदिमा र्याफटिङ्ग, बबई नदीका गोही र निकुञ्जको प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षित गर्ने गरेको पाईएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *