प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकार तयार: सिँचाईमन्त्री गौतम

काठमाडौं, साउन १४ । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री गौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी गरेको बताएका हुन् । उनले भने, “एकै चरणमा निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसक्नुभएको छ, सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम छ, हामी पूर्ण तयारी अवस्थामा छौं ।”

उनले माघ ७ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले सरकार यसबारेमा गम्भिर भएर लागिपरिरहेको बताए । उनले एकै चरणमा निर्वाचन गराउँदा राम्रो हुने समेत बताए । उनले थपे, “एकै चरणमा निर्वाचन गराउँदा कम खर्च हुन्छ, त्यसैले प्रधानमन्त्रीजीले निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको हो, यसबारेमा आयोगपनि सकारात्मक छ, अन्य पार्टीहरुसँगपनि सरसल्लाह गरेर एकै चरणमा निर्वाचन गराउनेगरि छिट्टै मिति घोषणा हुन्छ,  सोही अनुसार सरकार तयारी अवस्थामा छ, सरकारले चाह्यो भने किन नहुनु ? निर्वाचन एकै चरणमा गर्न संभव छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *