निर्वाचन क्षेत्र निर्धारण आयोगको टोली नेपालगन्ज

बाँके ,साउन १४ । निर्वाचन क्षेत्र निर्धारण आयोगले आज नेपालगन्जमा राय सुझाव संकलन गरेको छ । आयोगका सदस्य माधव अधिकारी नेतृत्वको आयोगको टोली कस्तो निर्वाचन क्षेत्र बनाउने भन्ने बारेमा सैद्धान्तिक सुझाव लिन नेपालगन्ज पुगेको हो ।

२१ दिने अवधी पाएको आयोगले कम्तिमा प्रदेशका ठूला शहरमा पुगेर राय सुझाव लिन थालेको अधिकारीले बताउनुभयो । संविधान अनुसार संख्या एक सय ६५ र प्रदेशमा तीन सय ३० निर्वाचन क्षेत्र हुनेछन् । आयोग समक्ष बाँकेका सबै राजनीतिक दलले कम्तिमा ३ वटा निर्वाचन क्षेत्र नघट्ने गरी निर्वाचन क्षेत्र कायम गर्न माग गरेका थिए ।

२४० निर्वाचन मध्ये बाँकेमा हाल ४ निर्वाचन क्षेत्र छन् । २०६८ को जनगणना अनुसार बाँकेको जनसंख्या ४ लाख ९१ हजार ३ सय १३ रहेको छ । अधिकांश राजनीतिक दलले २०५ निर्वाचन क्षेत्र कायम हुँदाको क्षेत्र निर्धारण गर्न सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *