माग्ने जति सबैलाई सरकारले भत्ता दिन नसक्ने बालबालिका मन्त्री कोइरालाको भनाई

काठमाडौं, साउन १४ । महिला तथा बालबालिका मन्त्री आशा कोइरालाले माग्ने जति सबैलाई सरकारले भत्ता दिन नसक्ने बताउनुभएको छ । आ ज भक्तपुरको लोकन्थलीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बिभिन्न समूहले भत्ता माग गर्दै आएको अबस्थामा विकास बजेट काटेर भत्ता वितरण गर्न नसकिने बताउनु भएको हो ।

राज्यले ज्येष्ठ नागरिकको संरक्षणको दायित्व लिनु पर्ने औल्याउँदै उहाँले ज्येष्ठ नागरिकलाई पनि दिदै आएको भत्तामा वृद्धि गरेर दोब्बर, तेब्बर भत्ता दिनसक्ने अबस्थामा सरकार नरहेको उहाँको भनाई थियो । संविधानले दिएको जनताको मौलिक हक, अधिकार कार्यान्वयन गर्दै लैजान सरकारले ऐन, कानून बनाउने मन्त्री कोईरालाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *