रियल र बार्साको खेल हेर्न नछुटाउँनुहोला ! मकालु खबरबाट प्रत्यक्ष प्रसारण हुँदै छ…

काठमाडौं, साउन १४ । भोलि आइतबारदेखि अमेरिकाको मायामीमा शुरु हुने प्रि सिजन इन्टरनेसनल च्याम्पियन्स कपमा स्पेनका दुइ ठूला महारथी मैदानमा उत्रिदै छन्।

नेपाली समयअनुसार आइतबार हुने उक्त खेलमा रियल र बार्सा एक आपसमा कडा प्रतिस्पर्धामा उत्रिदै छन् । अहिले दुवै खेलका खेलाडीहरु सो खेलका लागि तयारी रहेका छन् । यो खेल दुवैको तेस्रो हो । यसअघि भएको खेलमा बार्सिलोनाले आफ्नो स्थान एकमा सुरक्षित राख्न सफल भएको छ भने रियल दुवै खेलमा पराजित भएका छन् ।

खेल स्थानीय समयअनुसार मायामीको हार्ड रक स्टेडियममा शनिबार ५ः४५ बजे हुनेछ । नेपाली समय अनुसार उक्त खेल ५ः ४५ बजे आइतबार बिहानबाट शुरु हुने भएको छ । सो खेल मकालु खबरले अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।  हेर्न नछुटाउनुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *