कतै तपाईँ ढिलो आमा बन्दै हुनुहुन्न ? त्यसो भए यो पढ्नुहोस्

“
‘पार्ट टाइम मदर’
यो शास्वत सत्य हो कि जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौँ महिलाहरूले सन्तान जन्माउन ढिलाइ गर्ने क्रम बढ्दो छ । ब्रिटिस प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरूलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन । बेलैमा सन्तान नजन्माएका तर रोजगारीमा संलग्न हुने महिलाहरूलाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको केहीले
महिलाले गुनासो गर्न थालेका छन् । आफूहरूले सासु–ससुरा, साथी र सहकर्मीहरुको आशालाई पूरा गर्न नसकेकोमा अधिकांश बिबाहित महिला चिन्तित देखिन्छन् । करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरू ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् ।
यौनजन्य रोगहरुबाट बच्नुहोस्
महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ । समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमान्सँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शङ्का लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपाईँको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।
धुमपान छोडिदिनुहोस्
धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ । गर्भवती बन्न नै उनीहरूलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक असर प्रभाव पर्छ । धुमपानको असरले महिला अन्डा निष्कासन गर्न बाधा पुु¥याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरूको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ ।
अकुपन्चरबारे सोच्नुहोस्
अकुपन्चरको शरीरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निष्कासन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निष्कासन गर्न पनि सहयोग र्पुयाउँछ ।
सन्तुलित खाना खानुहोस्
शरीरको फ्याटलाई सदैव सन्तुलित राख्नुहोस् । धेरै बढी पनि होइन, कम पनि होइन । बढी तौल र न्यून तौल दुवैले बाझोपनको समस्या ल्याउँछ । आफूलाई मन पर्ने व्यायाम गर्नुहोस् र पोषणलाई पनि राम्रोसँग ध्यान दिनुहोस् । परिस्कृत वा परिमार्जित खाना र बढी चिनि सम्भव भएसम्म नखानुहोस् । खानलाई सकेसम्म प्राकृतिक अवस्थामै खानुहोस् । मोटा महिलाहरूको सेक्स हर्मन दबिने हुँदा उर्वरतामा समस्या आउन सक्छ । त्यस्तै न्यून फ्याट भएमा पनि अन्डकोशबाट अन्डा निष्कासन हुने प्रक्रियामा असर पर्छ । तपाईँको भोजनमा स्वस्थ र पोषणयुक्त खानेकुरा जस्तै माछा, पर्याप्त सागपात र गेडागुडी खानुहोस् । यदि मदिरा पिउने लत छ भने तत्कालै त्यागिदिनुहोस् । यसले बाँझोपन ल्याउनुका साथै पाठेघरमा समस्या ल्याउँछ ।
पारिवारिक इतिहास बुझ्नुहोस्
तपाईं¬को शरीर र मासिक धर्मको चक्रलाई राम्रोसँग बुझ्नुहोस् । नियमित मासिक धर्मको चक्र महिला उर्वरताको शारीरिक वास्तविकता हो । यही चक्रलाई बुझेर नै महिलाको सामान्य स्वास्थ अवस्था र उर्वरताबारे बुझ्न सकिन्छ । तपाईँको पारिवारिक इतिहास विशेष गरी आमाको गाइनोलोजी र मासिक धर्म बारे बुझ्नुहोस् । यदि तपाईँको आमाको ४५ वर्षसम्म मासिक धर्म भएको थियो भने तपाईँको उर्वरता पनि त्यति समयसम्म हुने सम्भावना हुन्छ । यदि आमामा मिसक्यारियज भएको वा त्यस्तै अन्य समस्या भएको थियो भने तपाईँमा पनि हुन सक्छ ।
स्वास्थ्य खबरपत्रिकाबाट
“








