प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’

काठमाडौँ, साउन १४ । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सहमतिमा समग्र मधेस एक स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ । दाहालकै सहमतिमा आफूहरूले पुनः ‘समग्र मधेस एक स्वायत्त प्रदेश’ र ‘बहुराष्ट्रिय’ को एजेन्डा उठाएको माओवादी केन्द्रकै नेताले स्पष्ट पारेका छन् । संविधान संशोधनमार्फत समग्र मधेस एक स्वायत्त प्रदेश र बहुराष्ट्रियताको एजेन्डा पूरा गर्नुपर्ने भन्दै माओवादी केन्द्रका साथै केही मधेसकेन्द्रित दलका नेता लागिपरेका छन् ।

माओवादी केन्द्रका नेता मात्रिका यादवको अगुवाइमा अभियान सुरु भइसकेको छ । माओवादी केन्द्रका नेता भरत साहले पार्टी अध्यक्ष दाहालको सहमतिमै यो एजेन्डा उठाएको बताए, राजधानीमा खबर छ । जनयुद्धकालकै मुद्दा भएकाले एक मधेस स्वायत्त प्रदेशको एजेन्डालाई माओवादीले छोड्न नसक्ने उनको भनाइ छ । ‘यो एजेन्डा जनयुद्धकालकै एजेन्डा हो, नयाँ होइन,’ साहले भने, ‘पार्टीकै एजेन्डा भएकाले यसमा कसैको विरोधको कुरै आउँदैन, पार्टीको एजेन्डा पूरा गर्ने काममै हामी खटेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *