मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रहरी चौकीनजिकै प्रहरीको हत्या

धादिङ साउन १४ ।उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेवाल प्रहरीका प्रहरी सहायक निरीक्षक असई वीरबहादुर गुरुङ मृत अवस्थामा फेला परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रहरी चौकी नजिकै बिहीबार राति उनको हत्या गरिएको अवस्थामा शव भेटिएको घटनास्थलबाट स्थानीय मरिचमान तामाङले जानकारी दिए। खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएको स्थानीयले बताए ।

घटनास्थल प्रहरी चौकीबाट अन्दाजी १ सय मिटरको दूरीमा रहेको तामाङले बताए । बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी असई गुरुङलाई बाहिर बोलाई हत्या गरिएको आशंका गरिएको छ ।

प्रहरी चौकी नजिकै प्रहरीकै रहस्यमय हत्या भएपछि दार्खाबासी आतंकित बनेका छन् ।

प्रतिकृयाहरु
Loading...