अवैध विदेशी कामदारहरु ६ महिनाभित्र वैधानिक नभए १० वर्षसम्म कोरिया जान नपाउने


“
काठमाडौँ, असोज १६ । कोरियन सरकारले कोरियामा गैरकानुनी रुपमा अर्थात् राहदानीको अवधि सकिए पनि लुकिछिपी कोरियामै बसेर काम गरिरहेका विदेशी नागरिकलाई ६ महिनात्रि देश छोड्नका लागि समय तोकेको छ ।
करार अवधि सकिएतापनि दक्षिण कोरियामा गैरकानुनी रुपमा काम गरिरहेका ३ लाख ३५ हजारभन्दा बढी प्रवासी कामदारलाई कोरियन सरकारले वैधानिक हुन आग्रह गर्दै देश छोड्नका निम्ति ६ महिनाको समयसीमा तोकेको हो ।
उक्त समयसीमाभित्र वैधानिक नभए वा स्वदेश नफर्किएमा त्यस्ता कामदारलाई १० वर्षसम्म कोरिया प्रवेशमा रोक लागाउनेसम्मको सजाय दिन सक्ने कोरियाको न्याय मन्त्रालयलाई उद्धृत गर्दै कोरियन समाचार एजेन्सी द कोरियन टाइम्सले उल्लेख गरेको छ ।
आप्रवासी विभागका अनुसार काम गर्ने ठाउँमा गएर पुलिसले गरेको धरपकड असफल भएपछि गैरकानुनी रुपमा रहेका प्रवासीलाई अतिरिक्त समय प्रदान गरिएको हो।
कोरियाका न्यायमन्त्री पार्क सान किले थाइल्याडका श्रममन्त्री अब्दुल संगसिग्कोसँग दक्षिण कोरियाको राजधानी सियोलमा भेट्ने क्रममा उक्त कुरा बताएका हुन्। उनले गैरकानुनी प्रवासी पठाउने देशसँगको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।
एजेन्सी“
