जितिया पर्वको अवसरमा फरवार्ड माइक्रोफाइनान्सद्वारा ३५ लघुउद्यमीलाई सम्मान


“
असोज १५, सुनसरी । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आवद्ध ग्राहक सदस्यहरुबाट जितिया पर्वको बिशेष अवसरमा बिबिध कार्यक्रम सहित समाजसेवी तथा उद्यमी महिलाहरुलाई सम्मान गरेको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयण मन्त्री तथा नेकपा प्रदेश नं. १ इन्चार्ज भिम आचार्यले हिन्दु महिलाहरुका लागि जितिया पर्वको विशेष महत्व रहेको अवस्थामा नेपाली महिलाहरुको यस पर्वलाई परापूर्वकाल देखि बिषेश महत्व दिई मनाउदै आईरहेकोले नेपाल सरकारका तर्फबाट समेत संस्कृति तथा परम्पराको जगेर्ना गर्नु पर्ने बताए । आचार्यले सांस्कृतिक पर्वहरुले नेपाली समाजको सामाजिक एकता तथा भाईचाराको सम्वन्धलाई बलियो बनाउनुका साथै आपसी सदभाव बढाउने भएकाले यसको जर्गेना गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा बिशिष्ट अतिथिको आसनबाट संघीय संसद प्रतिनिधी सभाका महिला, बालबालिका तथा सामाजिक बिकास समितिका सभापति निरु देवी पालले विपन्न परिवारका दुई लाखभन्दा बढी नेपाली महिलाहरुलाई सङ्गठित गर्दै लघुवित्त कार्यक्रमका माध्यमबाट उनीहरुको जीवन स्तर उकास्न योगदान दिने संस्थाको काम प्रति आफु नतमस्तक भएको बताइन् ।
साथै उनले फरवार्ड माइक्रोफाइनान्सले पनी समाजमा आर्थिक विकास, शिक्षमा पहँच, लगायतका सामाजिक काममा उल्लेखनिय भूमिका निर्वाह गरको भन्दै कार्यक्रममा वित्तीय संस्थालाई खुलेर धन्यवाद दिइन् ।
संस्थाकी अध्यक्ष भगवती चौधरीको नेतृत्वमा भएको उदाहरणीय कामले सिंगो नेपाली समाज लाभान्वित भएकाले मानिसको मानसपटलमा सदैव सम्झी रहने व्यक्तिवको रुपमा भगवती चौधरी रहेको उनको दावि छ ।
सभामा कार्यक्रमका सभापति भगवती चौधरीले जितिया पर्वको बारेमा बोल्दै सन्तानको लामो आयुको लागि सुर्यदेवको आराधना गरेकोमा सन्तानको लामो आयु प्राप्ती भएको भन्दर्भ जोड्दै यसको महत्वको विषयमा चर्चा गरेकी थिइन् । साथै फरवार्ड माईक्रोफाइनान्स भन्दा पहिला गैर सरकारी संस्थाको रुपमा २०५२ सालमा दर्ता भएको ग्रामीण महिला उत्सुकता विकास मञ्चले नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थताकर्ता अनुमति लिई सञ्चालन गरेको लघुवित्त कार्यक्रमलाई यस वित्तीय संस्थाले अघि बढाएको जानकारी दिएकी थिइन् । चौधरीले लघुवित्त संस्थाले व्यावसायिक मर्यादाका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लघुवित्त कार्यक्रमको माध्यमबाट नेपालका विपन्न परिवारको जीवनस्तर माथि उकास्न क्रियाशील रहेको जानकारी दिइन् ।
कार्यक्रमका अवसरमा समुदायमा लामो समय देखि अनबरत रुपमा कृयाशील तथा सकृय रही सामाजिक, राजनीतिक तथा आर्थिक उन्नती र बिकासका लागि योगदान पुरर्याउने १५० जना समाजसेवी तथा फरवार्ड बित्तीय संस्थाबाट सञ्चालित लघुवित्त कार्यक्रममा आबद्ध भई लघु उद्यम ब्यवसायमा संलग्न रही आर्थिक उपार्जन गर्दै सामाजिक तथा पारिवारिक रुपमा अभिभावकीय जिम्मेवारी बहन गर्ने ३५ जना लघु उद्यमीलाई सम्मान स्वरुप कदर–पत्र प्रदान गरिएको थियो ।
संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले ३६ जिल्लाका १११ शाखा कार्यालयमार्फत् २ लाख २९ हजार ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गरेको बताए । त्यसै गरी हालसम्म १ लाख ४१ हजार ऋणी ग्राहक सदस्यसँग रु. ७ अर्ब ८७ करोड लगानीमा रहेको जानकारी गराउँदै संस्थाले ग्राहक सदस्यहरुबाट रु.३ अर्ब ३० करोड बचत सङ्कलन गरेको बताए ।
कार्यक्रममा गढी गाँउपालिका सुनसरीका अध्यक्ष श्रीप्रसाद यादवले जितिया पर्वको महत्वका वारेमा प्रकाश पार्दै सहभागी वर्तालुहरु तथा सम्पूणलाई शुभकामना दिएका थिए । कार्यक्रममा ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक राम नाराण माझी, वित्तीय संस्थाका कम्पनी सचिव कृष्णप्रसाद भट्टराई तथा वरिष्ठ प्रबन्धक हिरा थन्दार, ग्रामीण महिला उत्सुकता विकास मञ्चका महासचिव कलावती चौधरी, सचिव ललिता चौधरी, कोषाध्यक्ष राजकुमारी तबदार लगायत बिभिन्न राजनितिक दल, समाजसेवी, उद्यमी महिला, जनप्रतिनिधी, पत्रकार लगायत बिभिन्न क्षेत्रका पाँच सय भन्दा बढीको सहभागिता रहेको फरवार्डका बिनोद चौधरीले बताए ।
“
