आज १५० औं गान्धी जन्मजयन्ती, प्रधानमन्त्रीले दिए यस्तो ट्वीट


“
काठमाडौँ, असोज १६ । आज (अक्टोबर २) १५० औँ गान्धी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । भारत स्वतन्त्रताका पिता महात्मागान्धीको सम्झनामा भारत सरकारले मंगलबार विविध कार्यक्रम गर्दैछ ।
९२ अक्टोबर १८६९ ( ३० जनवरी १९४८० भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् मोहनदास करमचन्द गान्धी अर्थात् महात्मा गान्धी।
यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ ।
अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको १५० औँ जन्मजयन्तीका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै ओलीले गान्धीकै अहिंसा र सत्याग्रहको बाटोबाट विश्वका धेरै मुलुकले मुक्ति र लोकतन्त्र हासिल गरेको स्मरण पनि गरेका छन् ।
‘गान्धी जी, आज, तपाईको १५० औँ जयन्ती मनाईंदै छ। आज पनि उत्तिकै सान्दर्भिक मानिएको तपाईको अहिंसा र सत्याग्रहको बाटोबाट विश्वका धेरै मुलुकले मुक्ति र लोकतन्त्र हासिल गरेको स्मरण गर्दै नेपाली जनता, सरकार आफ्नो तर्फबाट समेत भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले ट्वीटरमा भनेका छन् ।
त्यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले गान्धी जयन्तीको अवसरमा शुभकामना दिँदै उनको सत्यता र अहिंसाको मुल मर्मलाई जीवित राख्नु पर्ने बताएका छन् ।
“
