जोर्डनमा नेपाली युवतीले गरिन् आत्महत्या
२०७४ जेठ १५ गते

“असोज १६, काठमाडौं । रोजगारीका लागि जोर्डन पुगेकी एक युवतीले आत्महत्या गरेकी छन् । सिन्धुपाल्चोककी सुनिता बिकले आइतबार आफ्नै कोठामा आत्महत्या गरेको उनीसँगै कार्यरत नेपालीले जानकारी दिएका छन्।
जोर्डनको दुलेलमा रहेको निडलग्राफ कम्पनीमा गार्मेन्टमा काम गर्थिन्। आइतबार दिउँसो खाना खाएर कोठा फर्किएकी सुनीता त्यसपछि काममा गइनन्।
बेलुकी उनका साथीहरुले भित्रबाट ढोका लाइराखेको अवस्थामा भेटेर प्रहरीलाई खबरब गरेका थिए । पछि झ्या फोेडर हेर्दा उनी कोठामै मृत भेटिएकी हुन्।
सुनिता तीन वर्ष पहिले रोजगारीका लागि जोर्डन पुगेकी थिइन् । आउँदो महिना भिसा सकिने भएपनि उनले चौथो वर्षका लागि भिसा लगाइसकेकी थिइन्।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








