साफ यू-१८ महिला च्याम्पियनसिप : नेपाल र बंगलादेश भिड्दै
२०७४ जेठ १५ गते

“
असोज १६, काठमाडौं । भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत मंगलबार नेपाल र बंगलादेश भिड्दै छन् । दुवै टोलीले सुरुआती खेल जितेका छन् ।
रेखा पौडेलले ७ गोल गरेपछि नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
बंगलादेशले पनि पहिलो खेलमा पाकिस्तानलाई १७-० ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ । पाकिस्तान लिगका दुवै खेलमा पराजित हुँदै बाहिरिसकेको छ भने बंगलादेश र नेपाल सेमिफाइनल पुगिसकेका छन् । यस खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ । खेल बराबरीमा सकिएको खण्डमा बंगलादेश समूह विजेता हुनेछ ।
प्रतियोगिताको अर्को समूहमा भुटान, माल्दिभ्स र भारत रहेका छन् । भुटान र भारतले १/१ जित दर्ता गरेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








