१ नं. प्रदेशले छिट्टै नाम र राजधानी पाउने मुख्यमन्त्रिको दावी

असोज १५, विराटनगर । विश्व शान्ति फेडेरेशन नेपालले १. नं. प्रदेश स्तरीय गाउँपालिका र नगरपालिकाका प्रमुखहरुबीच बिकास साझेदार तथा समन्वय गर्न बिराटनगरमा मेयर कन्फेरेन्स कार्यक्रम सम्पन्न गरेको छ ।

१ नं. प्रदेशका मुख्यमन्त्रि शेरधन राईले उद्घाटन गर्दै विश्वशान्ति अभियान आजको आबश्यकता सबै नेपालीले महसुस गर्न थालेका बताएका छन् । सो अबसरमा उनले प्रदेशले छिट्टै नाम र राजधानी पाउने दावी गरे ।

प्रदेश १ को अस्थायी राजधानी बिराटनगरमा १४ वटा जिल्लाका स्थानिय तहका प्रमुख उपप्रमुख तथा परिवार सहितको सहभागिता थियो । पारिवारिक मिलन गराउने साथै पारिवारिक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजले मान्यता स्थापित गराउन आजको आबश्यकता रहेको संस्थाका महासचिब बिनोद डाँगीले बताए ।

कार्यक्रममा स्थानीय निकायमा गरिने बिकासको मोडल र नयाँ संबिधानले दिएको स्थानीय निकायलाई अधिकारबारे मेयर तथा उपमेयरहरुलाई जानकारी गराइएको थियो ।

गाउँपालिका र नगरपालिकाले गर्ने स्थानीय निकायको बिकासलाई फलदायि कसरी बनाउन सकिन्छ र दिगो बिकास हुन्छ भन्ने बारे छलफल भएको थियो । २५ वटा नगरपालिका, ३५ गाउपालिका र महानगरपालिकाका मेयर र उपमेयरहरु सहितका परिवारहरु सहभागि थिए ।

१ नं. प्रदेशबाट शुरु भएको यो कायक्रम बाकी ६ वटै प्रदेशबाट सन्चालन गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा बिज्ञ डा. रोर्वट एस किटटेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =