१ नं. प्रदेशमा भरत मोहन अधिकारीलाई नागरिक अभिनन्दन गरिने

असोज १५, विराटनगर । बरिष्ठ राजनीतिक भरतमोहन अधिकारीलाई प्रदेश नं. १ का तर्फबाट नागरिक अभिनन्दन गरिने भएको छ । जेष्ठ नागरिक दिवसको सन्दर्भमा उनलाई अभिनन्दन गर्न लागिएको हो ।

केही दिन अघि भएको नागरिक भेलाले एलिट क्लब विराटनगरका अध्यक्ष डा. भेष प्रसाद धमलाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । समितिमा उद्योग संगठन मोरङ ब्यापार संघ, पत्रकार महासंघ, जिल्ला सहकारी संघ, मनमोहन प्रतिष्ठान, जेष्ठ नागरिकसँग सम्वन्धित संघ/संगठनहरु, प्याब्सन लगायत बिभिन्न संघ/संगठन, सभासद, सामाजिक ब्याक्तित्वहरु सदस्य रहेका छन् ।

त्यसैगरी डा. धमलाकै सयोजकत्वमा ३१ सदस्यीय कार्य सम्पादन समिति समेत गठन गरिएको छ । कार्य सम्पादन समितिको सम्पन्न बैठकले बिभिन्न आठवटा उपसमितिहरु गठन गरेको छ । पवन सारडाको संयोजकत्वमा कार्यस्थल ब्यवस्थापन, भिम प्रसाद घिमिरेको संयोजकत्वमा आर्थिक, डा. भेष प्रसाद धमला, स्वागत सत्कार, कविराज न्यौपानको संयोजकत्वमा अभिनन्दनपत्र तयारी एवम कार्यपुस्तिका प्रकाशन, रमेश चन्द्र पौडेलको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरिएको छ ।

त्यसैगरी डिल्ली पोखरेलको संयोजकत्वमा प्रचार प्रसार, भिखमचन शरणको संयोजकत्वमा जलपान ब्यवस्थापन र स्वास्थ्य महाशाखाका प्रमुख ज्ञान व. बस्नेतको संयोजकत्वमा स्वास्थ्य उपसमिति रहेका छन् ।

राष्ट्रपति बिद्या देवी भण्डारीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम हुने र उनको समय लिएर मिति तय गर्ने कुरा मूल समारोह समितिका संयोजक डा. भेष प्रसाद धमलाले बताए । उनका अनुसार १ नं. प्रदेशका मूख्य मन्त्री शेरधन राई संयोजक र सामाजिक विकास मन्त्री जिवन घिमिरे सहसंयोजक रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका बरिष्ठ राजनितिज्ञ भरत मोहन अधिकारीले सामाजिक तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो । जेष्ठ नागरिकको सन्दर्भमा उनको बिशेष योगदान रहेको छ । उनी अर्थमन्त्री भएकै समय देखि बृद्ध भत्ता लगायतका सामाजिक भत्ताहरुको वितरण सुुरु भएको थियो । अधिकारी १ नं. प्रदेश अन्तर्गत विराटनगरका स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =