दि भ्वाइस अफ नेपाल ब्याटल राउण्डमा, दिप श्रष्ठले चाेरे प्रमाेदकाे प्रतियाेगीलार्इ

असाेज १५, काठमाडौं । कान्तिपुरबाट प्रशारणमा अाएकाे चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रम ब्याटल राउण्डमा प्रवेश गरेकाे छ । हिजाे शनिवारदेखि प्रतियाेगिता ब्याटल राउण्डमा प्रवेश गरेकाे हाे । ब्याटल राउण्डमा निर्णायक तथा कोचहरु दिप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेलका टिमहरुका प्रतिस्पर्धीले एक आपसमा भिडन्त गर्नेछन् ।

ब्याटल राउण्डमा छानिएका प्रतियोगीहरुमध्ये एक आपसमा एकै गीत गाएर भिडन्त गर्नुपर्नेछ । यो राउण्डमा हरेक प्रतियोगीहरुलाई कोच र कोचका सल्लाहकार टिमले प्रतियोगीहरुलाई प्रशिक्षण गरेर ब्याटल राउण्डमा तयार पारेका छन् ।

ब्याटल राउण्डको पहिलो कार्यक्रममा निर्णायक दिपले अर्को प्रतिस्पर्धी टिम प्रमोदका प्रतियोगीलाई चोरेका थिए । त्यस्तै निर्णायक अभयाले सनुपको टिमका प्रतियोगीलाई ‘स्टील’ गरेकी थिईन् । यस ब्याटल राउण्डमा चारै निर्णायकहरुको आफ्नो टिमका १२ जना प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने विश्वास गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 18 =