कर सम्बन्धि अराजकता फैलाउनेलाई कडा कारबाही हुन्छ- रक्षामन्त्री
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज १५ । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कर सम्बन्धि अराजकता छिट्टै समाधान हुने बताएका छन् ।
सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औँ वार्षिक साधारणसभामा उनले कर सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने स्पष्ट पार्दै कर सम्बन्धि अराजकता छिट्टै समाधान हुने बताएका हुन् ।
स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन दिए । रक्षामन्त्री पोखरेलले कर सम्बन्धि अराजकता फैलाउनेमाथि कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








