भारतीय अभिनेता राज कपूरकी श्रीमती कृष्णाराज कपूरको निधन
२०७४ जेठ १५ गते

“
असोज १५ । भारतीय दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको ८७ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
सोमबार बिहान ५ बजे उनको निधन भएको हो । उनी लामो समयदेखि श्वासप्रश्वास समस्याबाट ग्रसित कृष्णालाई अस्पतालमा भर्ना गरिएको थियो ।
अभिनेता राज कपूरले सन् १९४६ मा कृष्णाराज कपूरका साथ विवाह गरेका थिए । राज कपूरको सन् १९८८ मा निधन भएको थियो । उनका तीन छोरा ऋषि कपूर, रणधिर कपूर र राजिव कपूर छन् त्यस्तै २ छोरी रितु नन्दा र रीमा कपूर छन् ।
उनको निधनको खबरले बलिउड शोकमा डुबेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
छोरा रणधिर कपूरले आमा कृष्णाको ‘कार्डियक अरेस्टका कारण निधन भएको र आफूलगायत सम्पूर्ण परिवार शोकमा डुबेको बताए ।
एजेन्सी“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








