२ लाख ५६ हजार मूल्य बराबरको अवैध मरिचसहित २ जना पक्राउ

झापा, असोज १५ । झापाको मेचीनगर नगरपालिका–४ प्रसाद गौडा स्थित मदन पाण्डेको घरबाट प्रहरीले आईतबार राती ठूलो परिमाणको मरिच सहित २ जनालाई पक्राउ गरेको छ ।

राती करिब साढे ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ५६ हजार मूल्य बराबरको ४ सय ५० किलो मरिच सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मेचिनगर नगरपालिका–७ का ४५ वर्षीय गोपाल बुढाथोकी र सोही स्थानका ४० वर्षीय अम्बर थापा मगर रहेका छन् ।

उक्त घरमा अवैध मरिच लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले खान तलासी गर्ने क्रममा सो परिमाणको मरिच फेला पारेको थियो ।

बरामद मरिच सहित दुवै जनालाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =