युनिलिभरको असोज ६ मा वार्षिक साधारणसभा, लाभांश पाउन कहिलेसम्म किन्ने ?
२०७४ जेठ १५ गते

“
असोज १४, काठमाडौं । युनिलिभर नेपाल लिमिटेड कम्पनीको २५ औं वार्षिक साधारणसभा प्रयोजनार्थ शेयर लगत दर्ता किताब यही असोज २२ गतेदेखि असोज २६ गतेसम्म बन्द रहने सूचना जारी गरेको छ ।
कम्पनीको पच्चीसौं वार्षिक साधारणसभा यही कात्तिक ६ गते निर्णय भएकाले उक्त मितिमा कम्पनीको शेयर लगत किताब बन्द रहने जनाएको छ ।
युनिलिभर नेपालले कात्तिक ६ गते साधारणसभाबाट प्रतिकित्ता ७ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा महँगो सेयर भाउ भएको कम्पनी हो ।
कम्पनीले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ खूद नाफा कमाएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी ३१८ रुपैयाँ र नेटवर्थ २ हजार ६७ रुपैयाँ छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








