आरएसडीसी लघुवित्तको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्रस्ताव
२०७४ जेठ १५ गते

“
असोज १३, काठमाडौं । आरएसडिसी लघुवित्त बित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले २ करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र सोही बराबरको नगद लाभांश वितरण गर्नेछ ।
कम्पनीको असोज १३ गते बसेको ७३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
हाल यो कम्पनीको चुक्तापूँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ६० करोड ४७ लाख बढीको उचाईमा पुग्नेछ ।
गत वर्ष यो कम्पनीले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








