शेयर बजार दोहोरो अङ्कले घट्यो

असोज १४, काठमाडौँ । बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ ।

अघिल्लो साता सकारात्मक बिन्दुमा पुग्दै कारोवार रकम र कारोबार सूचकमा समेत वृद्धि भएको बजार  अाज दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्चका अनुसार शेयर कारोबार सूचक नेप्से १०.४७ बिन्दुले घटेर एक हजार २५६.७१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक समेत २.१४ बिन्दुले घटेर २६७.०९ बिन्दुमा पुगेको छ ।

कूल १६६ कम्पनीको २० लाख ८२ हजार ९२० कित्ता शेयर रु ५८ करोड २२ लाख ५० हजार ८२८ मूल्यमा खरिद बिक्री भएका छन् । आज व्यापार उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ । व्यापार १.८६ बिन्दुले बढ्दा बैंकिङ ९.१८, होटल ३५.२२, विकास बैंक २२.३६, जलविद्युत् १.१३, फाइनान्स ३.४६, निर्जीवन ५८.२८, उत्पादन ३५.२६,अन्य ५.०६, माइक्रोफाइनान्स १५.७ र जीवन बीमा १९.०१ बिन्दुले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 6 =