अपहरणपछिको ‘बार्गेनिङ’ नमिल्दा हत्या भएको खुलासा !

विराटनगर, असोज १४ । असोज ७ गते विराटनगरमा होमपाईप भित्र भेटिएको शव विराटनगर १७ का मोहम्मद अस्फाकको भएको पुष्टि भएको छ । अपहरणपछि फिरौतीका कारण उनको हत्या भएको समेत प्रहरीले खुलासा गरेको छ ।

विराटनगरको वडा नम्बर १४ र १७ को सिमानामा रहेको पैनी स्थित होमपाईप भित्र सडेगलेको अवस्थामा शव भेटिएको एकसातापछि प्रहरीले घटनामा संलग्न अभियुक्तहरुलाई सार्वजनिक गर्दै घटनाको विषयमा विस्तृत जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घटनाको बिषयमा जानकारी गराउदै मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले होमपाईपभित्र भेटिएको शव विराटनगर १७ का मोहम्मद अस्फाकको पुष्टि भएको जानकारी दिए ।

उनले असोज १ गतेबाट हराएका अस्फाकलाई सोही स्थानका २० बर्षिय मोहम्मद सद्दिफ हुसैन र २१ बर्षिय मोहम्मद आरिफले टाउकोमा ढुंगा प्रहार गरि हत्या गरेको अनुसन्धानको क्रममा खुलेको बताए ।

घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका दुवै अभियुक्तलाई पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै उनले मृतक अस्फाक असोज १ गतेबाट हराएको र सो विषयमा प्रहरीमा खोजतलासका लागि निवेदन समेत परेको उनले जानकारी दिए ।

अभियुुक्तले अस्फाक हराएको भनिएकै दिन उनको हत्या गरेको खुलेको उनले बताए । अभियुक्तले अस्फाकलाई घटनास्थलसम्म लिएर गएको तथा सो स्थानमा टाउकोमा ढुंगा प्रहार गरेर हत्यागरेपछि होम पाइपभित्र लुकाएको जानकारी दिए ।

हत्या गरिसकेपछि शव लुकाएर अभियुक्तले पटकपटक मृतकका अभिभावकसँग मोबाइलमा म्यासेज पठाएर फिरौती समेत मागेको प्रहरीले जनाएको छ । ५० लाखबाट शुरु भएको फिरौतीको बार्गेनिङ अन्तमा ५ लाखसम्म पुगेको प्रहरीले जानकारी दिएको छ । मृतक अस्फाक स्थानिय एक विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =