प्रहरीलाई देख्नासाथ चालक फरार ! ३ वटा ट्याक्टर नियन्त्रणमा

विराटनगर, असोज १४ । मोरङको केराबारी गाउँपालिका–८ स्थित खदम खोलाबाट प्रहरीले शनिवार राति ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले स्थानिय खदम खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी उत्खनन् गरेर लोड गरिरहेको अवस्थामा को २ त ७४३९, को २ त ७८४७ र को२त ६४९१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीको टोलीलाई देख्नासाथ ट्याक्टरका चालक फरार भएकोले खोजी कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =