मृगाैला पिडित पत्रकारलार्इ सहयाेग गर्न फाइभ इडियट्स काे च्यारिटी शाे हुने

“
असाेज १४, धरान । मृगौला रोगबाट पीडित रंगकर्मी तथा पत्रकार प्रविण राईको उपचारको सहयोगार्थ फाइभ इडियट्स चलचित्रको च्यारिटी शो हुने भएको छ ।
प्रकाश लिम्बूको निर्देशनमा बनेको चलचित्र फाइभ इडियट्स आगमी असोज २२ गते धरानको गणेश टाकिजमा च्यारिटी शाे हुने बतार्इएकाे छ । फिल्मका निर्देशक लिम्बूले च्यारिटी शो बाट उठेको रकम राईको उपचारको लागी सहयोग गरिने जानकारी दिए ।
धरानको आसपासमा छायाङ्कन गरिएको र कमेडी वेसमा बनेको चलचित्र विशेष गरी अहिलेका युवा पुस्ता र बालबालिकाले मन पराउने निर्देशकले जनाए । चलचित्रमा गाउँबाट शहर पसेका पाँच जना युवाको विषयलाई लिएर बनाइएको छ । पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर समेत प्रदर्शन गरिएको थियो ।
पत्रकार रार्इ केहि समयदेखि मृगाैला राेगबाट पिडित रहेका छन् । उनकाे उपचारकाे लागि धरानका सञ्चारकर्मीले समेत अार्थिक सहयाेग अभियान चलार्इरहेका छन् ।
“








