मेलाबाट फर्कँदा सामुहिक बलात्कारको शिकार भइन् १५ वर्षीया किशोरी

डडेल्धुरा, असोज १४ । डँडेल्धुरामा एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छिन् ।

डडेल्धुराको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी १५ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी हुन् । उनलाई असोज ९ गते राति पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामुहिक बलात्कार गरेका हुन् ।

 

मेलाबाट घर फर्कने क्रममा उनलाई स्थानीय दुई युवाले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको थियो ।

 

पक्राउ परेका बोहरामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत, डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेको छ । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय, डडेल्धुराको संयुक्त टोलीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 7 =