निलम्बित एसपी विष्टसहित तीनै जनाको डिएनए मेल खाएन !

कञ्चनपुर, असोज १४ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा विवादित बनेका तथा शंकाको घेराबन्दीमा परेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए मेल नखाएको पुष्टि भएको छ ।

पनिर्मला पन्तको बलात्कार प्रकरणमा विवादित बनेका एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । तर, तीनै जनाको रिपोर्ट मेल खाएन ।

घटनामा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएको थियो । तर तीनै जनाको डिएनए म्याच नभएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

कञ्चनपुबासीले सुरुदेखि नै एसपी विष्टका छोरा र मेयरका भतिजमाथि छानविन गर्न माग गरेपछि उनीहरुको डिएनए परिक्षण गरिएको हो ।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रहरीको लापरवाही देखिएको भन्दै घटनाको उच्चस्तरबाट अनुसन्धान गर्न सरकारले छानविन समिति गठन गरेको थियो । छानविन समितिले घटनाको अनुसन्धान गरी प्रतिवेदन समेत बुझाइसकेको छ । प्रतिवेदनमा पनि प्रहरीकै लापरबाही भएको खुलेको थियो ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको पनि डीएनए रिपोर्ट पनि म्याच गरेको थिएन ।

गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाका दोषी अझै पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =