१० नेपाली र चार विदेशीसहित मनास्लु हिमाल आरोहण

“
असोज १४, सोलुखुम्ब । सोलुखुम्बुस्थित रेडियो चोमोलोङमा सञ्चालक समितिका सदस्य एवं सोलु एफएमका प्रतिनिधि किताब सिं तामाङ सहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । १० नेपाली र चार विदेशीसहित १४ जनाको टोलीले उक्त हिमाल आरोहण गरेको आरोही किताब सिं तामाङले जानकारी दिए ।
निरिका एडभेञ्चर प्रा.लि.का निर्देशक शतिमान नेवारको नेतृत्वको टोलीले शनिबार बिहान ८ः३० बजे हिमालको सफल आरोहण गरेको हो । आरोही दलमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ का लाक्पा तामाङ, काजीमान तामाङ र सोमछिरिङ तामाङ रहेका छन ।
यस्तै सङ्खुसवाका दोर्जिवाङ भोटे, डन्सा भोटे, छेसाङ भोटे, टङ्क गुरुङ र थुनाङ लोमी रहेका छन । । मनास्लु हिमाल संसारकै आठौँ र नेपालको सातौँ अग्लो हिमालको सूचीमा छ । यो हिमालको उचाइ आठ हजार १५६ मिटर रहेको छ । उक्त हिमाल आरोहण गर्न भदौ २५ गते आरोही टोली गोरखातर्फ गएको थियो । रेडियोकर्मी तामाङ ट्रेकिङ गाइडसमेत गर्छन । उनले यसअघि पाँच पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन ।
“








