राष्ट्रपति, प्रधानमन्त्रीबाट रक्षाबन्धन ग्रहण

काठमाडौं, साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको अवसरमा शुक्रबार रक्षाबन्धन तथा राखी ग्रहण गरेकी छन् ।

राष्ट्रपति भण्डारीलाई शीतल निवासमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजदिदीले रक्षाबन्धन गराएकी थिइन् ।

सो अवसरमा राष्ट्रपतिले आपसी स्नेह, सद्भाव, एकता र भाइचाराको अभियान अझ सशक्त बनाउन आग्रह गरेकी थिइन् ।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, प्रहरी महानिरीक्षक प्रकाश अर्याललगायतले पनि ब्रह्मकुमारी राजदिदीबाट रक्षाबन्धन ग्रहण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *