चेल्सीको मैदानमा हारबाट जोगियो लिभिरपुल

इंगलिश प्रिमियर लिग फुटबलमा सत् प्रतिशत नतिजा निकाल्ने टिम सातौं चरणबाटै सकिएका छन् । शनिबार राति चेल्सी र लिभरपुलले १–१ को बराबरी खेलेपछि सत्प्रतिशत नतिजा निकाल्ने टिमहरु सकिएका हुन् ।

चेल्सीको मैदानमा भएको खेलमा २५ औं मिनेटमै इडेन हजार्डले गोल गर्दै अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा डानियल स्टुरिजले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

चेल्सीलाई भने दुई अंक घाटा लागेको छ । लिगमा म्यान्चेस्टर सिटी १९ अंकबाट शीर्ष स्थानमा छ भने लिभरपुल गोल अन्तरमा दोस्रो स्थानमा झरेको छ ।

१७ अंकको चेल्सी तेस्रो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 6 =