आमाले आत्महत्या गरेपछि तिम्ल्याहा शिशुको बिचल्ली

रुकुम, साउन १३ । सुत्केरी भएको दुई महिना नपुग्दै आमाले आत्महत्या गरेपछि तिम्ल्याहा शिशुको बिचल्ली भएको छ । आठबिसकोट नगरपालिका–९ राडिपाखाकी ३० वर्षीया कृष्णा शाहीले आत्महत्या गरेपछि उनका दुई छोरा र एक छोरीको बिचल्ली भएको हो ।

गत आइतबार कृष्णाले आत्महत्या गरेकी हुन् । अहिलेसम्म तिम्ल्याहा शिशुको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूलाई आफन्तले स्याहार गरिरहेका छन् ।

गत १२ जेठमा जन्मिएका तिम्ल्याहा बिहीबार दुई महिना पुगे । उनीहरूलाई भैँसी तथा पाउडरको दूध खुवाउने गरिएको छ । गत आइतबार श्रीमान् कर्णबहादुर शाही काममा गएका वेला कृष्णाले आत्महत्या गरेकी हुन् । घरमा तिम्ल्याहा शिशुसहित कृष्णा मात्र थिइन् । उनी बिहान रोटी पकाउन पिठो मुछ्दै थिइन् । मुछ्दै गरेको पिठो त्यसै छाडेर उनले ढिगराढी भन्ने ठाउँबाट ठूलीभेरी नदीमा हाम फालिन् ।

सय मिटरको उचाइबाट हाम फालेकी कृष्णा भेरी नदी किनारामा परिन् । उनी गम्भीर घाइते भइन् । कृष्णालाई घट्ट गएका स्थानीयले तुरुन्तै राडीबजारमा रहेको एक मेडिकलमा पु¥याए । सोही दिन राति ११ बजे उनको मृत्यु भएको स्थानीय मानबहादुर बटालाले जानकारी दिए । गरिबीका कारण उनले आत्महत्या गरेको अनुमान स्थानीयको छ । आर्थिक अभावका कारण परिवारमा सधैँ किचलो भइरहने गरेको छिमेकी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *