पाँचथरमा के टाटा सुमो दुर्घटनामा १४ जना घाइते

पाँचथर, १३ साउन । सदरमुकाम फिदिम नगरपालिका– ४ सारान्थामा केही बेरअघि भएको टाटा सुमो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये रमिला खपाङ्गी र उहाँको शिशुका साथै चालक राईलाई उपचारका लागि जिल्ला बाहिर पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

फिदिमदेखि मेमेङतर्फ जाँदै गरेको मे१ज १८९२ नंको टाटा सुमो विपरीत दिशाबाट आइरहेको गाडीलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मि तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नकुल पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *