धनगढीमा आन्दोलनको नेतृत्व गर्ने दुर्इ पक्राउ
२०७४ जेठ १५ गते

“
असोज १३, धनगडी। प्रदेश ७ को राजधानी गोदावरी सारेको बिरोधमा धनगढीमा भैरहेको आन्दोलनको नेतृत्व गर्ने सह संयोजक राजबहादुर ऐर सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राजधानी सारेको बिरोधमा आन्दोलन भैरहेको बेला धनगढीको ट्राफिक चौराहबाट राज बहादुर ऐर र रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । आफुहरु दुबैलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको एरेले जानकारी दिए ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरी बहादुर वलीले जबर्जती सवारी साधनको हावा फुस्काउने बन्द गर्दै हिड्नेलाई नियन्त्रणमा लिने आदेश भएको बताए । तर उनले दुई जना नियन्त्रणमा लिएको बारेमा भने एकिन भैनसकेको प्रतिक्रिया दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








