शुक्रबार सुनको भाउ १ सयले घट्यो
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन १३ । शुक्रबार सुनको मूल्य सामान्य ओरालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार तोलामा ४ सय रुपैयाँले उकालो लागेर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








