धरानमा शाहसिक खेल लाईङ फक्स एडभेन्चर सुरू

“
असोज १३, धरान । पूर्वको पर्यटकीय नगरी धरानमा शाहसिक खेल लाईङ फक्स एडभेन्चर सुरू भएको छ । विश्व पर्यटन दिवसको अवसरमा हिजो प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिस प्रसाद कुसियतले उक्त खेलको उद्घाटन गर्दै विराटनगर ९धरानलाई धार्मिक सर्किट बनाउन प्रदेश सरकार लागी परेको बताए ।
धरान १३ स्थित ओशो आश्रममा आयोजित जैविक विविधता पार्क बिषयक जानकारी तथा लाईङ फक्स एडभेन्चर साहसिक खेलको उदघाटनका क्रममा मन्त्री कुसियतले धार्मिक सर्किटका लागि बजेट समेत विनियोजन गरिसकेको बताए ।
धरानको बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर देखी विरानटगरको विराट राजाको महत्वलाई जोड्न प्रदेश सरकार लागि परेको छ । कार्यक्रममा मन्त्री कुसियतले भने,‘विराट राजाको महिमा र बुढासुब्बा, दन्तकाली मन्दिरको यो सर्किटलाई जोड्न सक्यौँ भने पर्यटक तान्न सकिन्छ ।’ उनले यो सर्किट भित्र सप्तकोशी, कोशी टप्पू वन्यजन्तु आरक्ष, वराहक्षेत्र मन्दिर, रामधुनी मन्दिर सँगै जोडेर धार्मिक पर्यटनको आधार तयार पार्न प्रदेश सरकार लागेको बताए ।
प्रदेशको नयाँ संरचना भएकाले पर्यटन विभागमा कर्मचारीको अभाव रहेको बताउँदै कार्यलयमा कर्मचारी नहुँदा काम गराईमा धेरै चुनौती रहेको बताए । जैविक विविधताबाटै राम्रो आम्दानी लिन सकिने र युवाहरूलाई यही नै रोजगार सिर्जना गर्न सकिने मन्त्री कुसियतको भनाई थियो ।
जैविक विविधता पार्कलाई प्रदेश १ को पर्यटन मन्त्रालयबाट १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए । यसलाई गुरुयोजना बनाएर अघि बढे आउँदो आर्थिक वर्षमा अरू थप बजेट विनियोजन गर्ने उनको प्रतिबद्धता छ ।
वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रले १५ औं वार्षिकोत्सव पनि मनाइएको छ ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले पार्कको कार्ययोजना, चुनौती र सम्भावनाबारे जानकारी गराएका थिए । पार्कमा रक गार्डेन, हेल्थ पार्क, वनभोज स्थल, हर्वल गार्डेन,फ्लावर व्रीज, बेम्बो म्युजियम लगायत रहने जनाइएको छ ।
“








