निर्धन उत्थानको ४२.११ प्रतिशत लाभांश घोषणा

असोज १२ काठमाडौं । गत वर्षको मुनाफाबाट निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ४२.११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

असोज ११ गतेको संचालक समितिको बसेको बैठकबाट शेयरधनीहरुलाई ४२.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त संस्थाको चुक्ता पूँजी रु. १ अर्बमा २२.११ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर लाभांश शेयरधनीहरुलाई वितरण गर्नेछ । संस्थाले लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =