‘प्रधानमन्त्री ओली आफू काम गर्न सक्दैनन्, काँग्रेसलाई दोष दिन्छन्’

काठमाडौँ, असोज १२ । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसले सरकारलाई काम गर्न कुनै बाधा नपुर्याएको बताएका छन् ।

शुक्रबार पार्टीको विधान मस्यौदा समितिको सुझाव संकलनका लागि वीरगञ्जमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसले सरकारलाई काम गर्न कुनै बाधा नपुर्याएको बताएका हुन् ।

कम्युनिष्ट नेतृत्वको सरकारले समाजबाद ल्याउनै नसक्ने ठोकुवा गर्दै पौडेलले भने, ‘सरकार र प्रधानमन्त्री ओली काम गर्न सक्दैनन्, अनि काँग्रेसलाई दोष दिन्छन् । काँग्रेस देश विकास र सम्बृद्धिका लागि सहयोग गर्न तयार छ ।’

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको हित गर्ने पार्टी काँग्रेसले एउटा चुनाव हार्दैमा विचलित नभएको बताए । कम्युनिष्ट नेतृत्वमा सरकार गठन भएको सात महिना हुँदा समेत जनताका आधारभुत आवाश्यक्ता र विकासका काम सुरु नभएको भन्दै सरकार र सरकारको नेतृत्वको कडा आलोचना गरे ।

बरिष्ठ नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हामीले सरकार र संसद सरकार बनायौ, अव कम्युनिजम ल्याउँछौ भन्छन् तर त्यस्तो छाँट देखिदैन । बरु नयाँ बर्ग जन्माउनुहोला, देशमा सम्बृद्धि आउने लक्षण छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =