खानेपानीमन्त्री विना मगर किन गइन् भारत ?
२०७४ जेठ १५ गते

“
काठमाडौँ, असोज १२ । खानेपानीमन्त्री विना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छिन् ।
महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ ।
उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने बताइएको छ । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबारदेखि शुरु हुँदैछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








