शिक्षामन्त्रीको राजीनामा माग गर्दै डा. केसीले दिए १६ औं अनशन बस्ने चेतावनी

“
काठमाडौँ, असोज १२ । चिकित्सा शिक्षामा सुधारका लागि आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
आज शुक्रबार पत्रकार सम्मेलन गर्दै डा. गोविन्द केसीले सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी कात्तिक १६ गतेदेखि १६ औं अनशन बस्ने चेतावनी हुन् ।
१५ औं अनसनका क्रममा सरकारसँग भएको सम्झौता कार्यान्वयन गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अवरोध गरेको आरोप लगाउँदै उनले शिक्षामन्त्रीको राजीनामा समेत माग गरेका छन् । केसीको १५ औं अनसनका क्रममा सरकारसँग चिकित्सा शिक्षामा सुधारका लागि सम्झौता भएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘प्रधानमन्त्री स्वयंको पहलमा भएको सम्झौताविरुद्ध संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन रहेको गैर जिम्मेवार पूर्ण भएकाले शिक्षामन्त्री पोखरेल सो पदमा रहिरहनु अशोभनीय छ ।’
सरकारले डा. केसीको मागअनुसार विधेयक निर्माण गरी संसदमा प्रस्तुत गर्ने लिखित सहमति जनाएपछि उनले आफ्नो १५ औं अनसन तोडेका थिए।
“








