दुवै अध्यक्ष देशबाहिर भएका बेला नेता नेपालले किन बोलाए स्थायी समितिको बैठक ?

काठमाडौँ, असोज १२ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका दुवै अध्यक्ष देशबाहिर भएका बेला स्थायी कमिटीको बैठक बोलाएका छन् ।

उनले सरकारको काम कारवाहीप्रति असन्तुष्टि जनाउँदै स्थायी समिति सदस्यहरुसँग छलफलका लागि शुक्रबार अपरान्ह बानेश्वरमा समितिका सदस्यहरुलाई बोलाएका हुन् ।

आफू विदेश भ्रमणमा रहेका बेला सहमति विपरित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकबाट ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन गरी एकलौटी निर्णय गरेको भन्दै व्यग्र असन्तुष्टि जनाएका नेता नेपालले सोही विषयमा छलफल गर्नका लागि स्थायी कमिटिको बैठक बोलाएका हुन् । नेता नेपालले भने सो निर्णय पार्टीको विधान विपरीत भएको भन्दै अनौपचारिक छलफलका लागि स्थायी कमिटीका सदस्यहरुलाई बोलाएका हुन् ।

नेपाल अफ्रिका भ्रमणमा रहेका बेला दुई अध्यक्षद्वयले सचिवालय बैठकबाट एकलौटी निर्णय गर्दै ७ प्रदेशका २८ जना इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरु चयन गरि परिपत्रमार्फत् कार्यान्वयनमा पठाएका थिए ।

नेता नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा असहमति जनाउँदै पार्टीको कार्यवाहक अध्यक्षसमेत कसैलाई नदिई दुवै अध्यक्ष विदेश भ्रमणमा गएपछि नेता नेपालले सचिवालयको पछिल्लो निर्णय अस्वीकार गरेका हुन् ।

आफू तथा नारायणकाजी श्रेष्ठलाई झुक्याएर निर्णय गरिएको भन्दै स्थायी कमिटी सदस्यहरुलाई उनले यसबारे औपचारिक जानकारी दिन लागेको स्रोतले बतायो । नेता नेपालले बिहीबार संसदमै पनि सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =