प्रदेश नंं. १ मा घरेलु हिंसा सम्बन्धी विधेयक पारित

विराटनगर, असोज १२ । प्रदेश नंं. १ मा घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेश सभाको बिहिबार बसेको बैठकमा संसोधनसहित विधेयक पारित गरेको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधेयक पारित गरियोस भनी प्रस्ताव पेश गरेका थिए ।

सामाजिक विकास समितिले प्रस्तुत गरेको घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयको प्रतिवेदन माथि सांसद बुद्धिकुमार राजभण्डारीले घरेलु हिंसा सम्बन्धमा बनेको विधेयकले समाजमा घरेलु हिंसा कम हुने र यसबाट असल समाज निर्माण गर्न मदत पुग्ने भन्दै समर्थन जनाए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिंदै सामाजिक विकास मन्त्री जीवन घिमिरेले छलफलमा उठेका बिषयलाई गम्भीरतापूर्वक लिएको र यसमा आएका सुझावलाई समेटेर विधेयकलाई पूर्णता दिएकोमा खुशी गरे । विधेयकको दफा १ देखि १६६ सम्मको अंग बनोस भनी सभामुख प्रदीपकुमार भण्डारीको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।

प्रदेश सभाकोे बैठकको शुन्य समयमा सांसद अम्विका थापाले वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्ने नेपाली जनतालाई व्यवस्थित गर्न धनी पूर्जा अबिलम्व प्रदान गर्न प्रदेश सरकारसंग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =