घोडाघोडी क्षेत्रको बिकासको लागी गुरुयोजना बन्दैछ : नगर प्रमुख चौधरी

कैलाली, असोज १२ । कैलाली नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले नगर क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागी बिस्तृत गुरुयोजना निर्माण भइरहेको बताएका छन् । बिश्व पर्यटन दिवसको अवसरमा कुराकानी गर्दै नगर प्रमुख चौधरीले उक्त कुरा बताएका हुन् ।

प्राकृकित सम्पदाले धनी घोडाघोडी तालक्षेत्रमा पर्यटकिय संम्भावना ठुलो रहेको भन्दै मेयर चौधरीले पर्यटन प्रवद्र्धनको लागी सबैसँग हातेमालो गर्दै गुरुयोजना निर्माणमा जुटेको बताए । उनले उक्त गुरुयोजना अबको एक वर्ष भित्रै तयार भइसक्ने दावी गरे ।

पर्यटन बिकासको लागि गुरुयोजना निमाण भइसकेपछी घोडाघोडी नगरपालीकाले पर्यटनको क्षेत्रमा फड्को मार्नेमा उनको जोड थियोे । घोडाघोडी ताल क्षेत्रमा हाल सम्म करिब ९० हजार पर्यटकहरुले अवलोकन गरी सकेको बनाउँदै उनले बाह्य पर्यटकहरु बढाउन पहल थालिएको जानकारी दिए ।

मेयर चौधरीले पर्यटन प्रवद्र्धनको लागि एकद्धार प्रणालीको आवश्यकता पर्ने बताउँदै गुरुयोजना निर्माण सँगै एकद्धार प्रणाली लागु गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 3 =