बालबिबाह न्युनिकरणको लागि जनचेतना

कैलाली, असोज १२ । बाल अधिकार र बाल विबाह न्युनिकरण बारे बाल क्लवका सदस्य र सरोकारवालालाई २ दिने अभिमुखिकरण कार्यक्रम लम्कीमा सम्पन्न भएको छ ।

कार्यक्रममा नगरवाल अधिकार संरक्षण तथा सम्बद्र्धन समिति लम्कीचुहाका पदाधिकारी, विभिन्न सामुदायिक विद्यालय अभिभावक समितिका सदस्य, प्रधानाध्यापक, आमा समुह, महिला समुह र सामुदायिक विद्यालयमा गठित बाल क्लवहरुका सदस्यहरुको सहभागिता रहेको थियो ।

समाजमा बढ्दै गैरहेको बालबिबाह न्युनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यका साथै अभिभावकहरुलाई बालअधिकारको बारेमा बर्तमान नेपालको कान’नमा समाबेश भएका कुरालाई जानकारी गराई सु–सुचित गर्ने उद्देश्यले सञ्चालन भएको तालिम आज सम्पन्न भएको गुड्नेवर्स इन्टरनेश्नल कैलालीले जानकारी दिएको छ ।

महिला विकास सञ्जाल कैलालीको आयोजना तथा गुड् नेवर्स इन्टरनेश्नलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको तालिममा गुड् नेवर्स इन्टरनेश्नलका कैलाली जिल्ला कार्यक्रम संयोजक देवेन्द्र भण्डारी, बालबालिका कार्यक्रमका एकेन्द्र न्यौपाने, बाल अधिकारकर्मि रंगप्रसाद तिमिल्सीना, महिला विकास सञ्जाल कैलालीका अध्यक्ष गिता गड्तौला थापाले सहजिकरण गरेका थिए ।

पुर्ण सरसफाई सम्बन्धी १ दिने तालिम

महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागी पुर्ण सरसफाई सम्बन्धी १ दिने तालिम लम्कीचुहा नगरपालीका वडा १० चुहामा सम्पन्न भएको छ । सेवक नेपाल सेफ वासले आयोजना गरेको तालीममा लम्कीचुहा नगरपालीका वडा नं ६, ८ र १० का महिला स्वयंसेविकाहरुको सहभागीता रहेको थियो ।

तालिममा लम्कीचुहा १० का वडा अध्यक्ष हर्क बहादुर कठरीयाको अध्यक्षतामा सम्पन्न तालिममा लम्कीचुहा नगरपालीकाका प्रमुख महादेव बजगाई प्रमुख अतिथी थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =