विमानस्थलबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता

असोज ११, काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको  छ ।

कांग्रेस संसदहरु गगन थापा, प्रदीप गिरी र दिव्यमणिराज भण्डारीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा निजगढ विमास्थल दु्रत गतिमा बनाउने सरकारको मनसायको सह्राना गरिएको छ । ‘सरकारको यो मनसायलाई एक स्वरमा साथ दिनु आज हामी सबैको कर्तव्य हो’ प्रस्तावमा भनिएको छ ।

तर पूर्वतयारी र आधारभूत कार्य नगरी काम सुरु गर्दा पश्चिम सेती र बुढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा परेको भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको त्यस्तो नियती नहोस् भन्दै संसदमा छलफल गर्न माग गरिएको छ । प्रस्तावमा निजगढ विमानस्थलबारे ११ प्रश्न अघि सार्दै सरकारसँग जवाफ माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =