दुर्घटना न्युनिकरण गर्न ठाउँठाउँमा सचेतना बोर्ड

असोज ११, स्याङजा । स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको छेउछाउमा ट्राफिक सचेतनामूलक सूचना बोर्ड राखिएको छ ।

भारतीय पर्यटकका साथै सार्वजनिक र निजी सवारी साधन बाक्लो रूपमा गुड्ने भएकाले सडकखण्डको विभिन्न ठाउँमा ट्राफिक नियमको जानकारीसहितका सूचना बोर्ड राखिएको हो ।
बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म कुनै पनि मालबाहक बस, ट्रकबाट सामान बजार क्षेत्रमा लोड–अनलोड गर्न नपाउने गरी कडाइ गरिएको ट्राफिक कार्यालय वालिङका हबल्दार शङ्कर रिमालले जानकारी दिए ।

सार्वजनिक यातायतका साधन जीपलाई भने काँडेपानी र शीतलनगरको खुला ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाइएको रिमालले बताए । ट्राफिक कार्यालयले तोकेको मापदण्डबिपरीत पार्किङ र समान लोडअनलोड गर्ने सवारी साधनलाई कडा कारवाही गर्ने ट्राफिक कार्यालयले जनाएको छ । चाडपर्व नजिकिएसँगै सवारी चेकजाँचमा कडाइ गरेको ट्राफिक प्रहरीले चाडपर्वको समयमा बढी भीडभाड हुने स्थानमा सवारी साधनको व्यवस्थापन हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण लागि वालिङ उद्योग वाणिज्य सङ्घको सहयोगमा १० वटा सूचना बोर्ड राखिएको हो । सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनको लागि सङ्घको तर्फबाट सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =