सेटिङमा विदेश पठाउने अध्यागमनका कर्मचारी माथिको छानविन प्रतिवेदन तयार

काठमाडौं, असोज ११ । विमानस्थल अध्यागमनले पर्यटक भिसामा दुबईलगायत खाडी देश पठाउने सेटिङमा अध्यागमनका कर्मचारीको मिलेमतो सम्बन्धमा छानबिन गरी प्रतिवेदन तयार पारेको छ ।

उक्त प्रतिवेदनकै आधारमा विमानस्थल अध्यागमनले एक अधिकृतलाई १५ दिनका निम्ति कामविहीन बनाएको छ । यसअघि अर्का अधिकृत पनि यस्तै कारबाहीमा परेका थिए । अध्यागमन प्रमुख राजेश पौडेलले कर्मचारीबाट त्रुटि भएको र त्यसमा संलग्नलाई कारबाही गरिएको बताए ।

प्रतिवेदनमा एयर इन्डियाको विमानमार्फत भारतको नयाँदिल्ली हुँदै दुबई जान लागेका तीन नेपाली महिला विष्णु बिटालु, सुजाता कुमाल र ममता सुनुवारलाई भारतीय अध्यागमनले ‘लो प्रोफाइल’ भन्दै फिर्ता पठाइदिएको घटनाबारे उल्लेख छ ।

तीनमध्ये सुजाता र ममता पासपोर्ट लुकाएर नागरिकताका आधारमा मात्रै भारत उडेको तर विष्णु भने विमानस्थलबाट उडान अनुमति नलिई भारत पुगेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =