११ महिने बालकको विमानमै ज्यान गयो

“एजेन्सी, असोज ११ । कतारको राजधानी दोहाबाट हैदराबाद आउँदै गरेको कतार एयरवेजको विमानमा सास फेर्न गाह्रो भएकाले एक ११ महिनाका बालकको ज्यान गएको छ ।

हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएसँगै ती बालकलाई अपोलो मेडिकल सेन्टर लगिएको थियो । तर डाक्टरहरुले बालकलाई मृत घोषित गरे । बालकका आमाबुवासँग भारतीय पासपोर्ट रहेको र बालकसँग अमेरिकी पासपोर्ट रहेको थियो ।

घटनापछि कतार एयरवेजले एक विज्ञप्ति सार्वजनिक गर्दै भनेको छ, ‘आज बिहान हैदराबादको अन्तर्राष्ट्रिय विमानस्थल एक बालकको मृत्युको खबरले हामी एकदमै दुखी छौँ, हामी पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दछौँ ।’

तर हैदराबाद विमानस्थलका प्रवक्ताले भने कतार एयरवेजको विज्ञप्तिको खण्डन गर्दै बालकको मृत्यु विमानमै भएको बताएका छन् । उनले अपोलो मेडिकल सेन्टरकोआधिकारिक रिपोर्ट आएपछि मात्रै सबै कुरा भन्न सकिने बताएका छन् ।

गएको महिना सास फेर्न समस्या भएकै कारण इन्डिगो एयरको विमानमा चार वर्षीय बालकको ज्यान गएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =