अफगानिस्तानविरुद्ध नेपालको गोल वर्षा, १३–१ को फराकिलो जित

“काठमाडौं, असोज ११ । भारतमा जारी ४६ औं संस्करणको एसियन यू–१८ स्कुल च्याम्पियनसीपमा नेपालले अफगानिस्तानमाथि फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालको जितमा दिनेश हेन्जनले एक्लै चार गोल गरे । बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे ।

अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए । यसअघि नेपालले चीनलाई ३–१ ले पराजित गरेको थियो । त्यसअघिको दुई खेलमा नेपाल थाइल्याण्डसँग २–० र इन्डोनेसियासँग २–१ ले पराजित भएको थियो । नेपालले अब पाँचौ स्थानकालागि भोली श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =