मर्चेन्ट बैंकर र ब्रोकरहरुद्वारा अत्याधिक श्रमशोषण

असोज १०, काठमाडौं । धितोपत्र व्यवसायीका रुपमा रहेका केही मर्चेन्ट बैंकर तथा धितोपत्र दलालहरुले कानून सम्मत हिसाबले न्यूनतम तलब भत्तासमेत प्रदान नगरेको आरोप लागेको छ ।

कर्मचारीहरुलाई कानून सम्मत रुपमा काममा नलगाएको साथै व्यवसायलाई आवश्यक न्यूनतम योग्यतासमेत हासिल नगरेका कर्मचारीहरु रहेका भन्ने गुनासाहरु धितोपत्र बोर्डमा प्राप्त भएको र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन ४५ दिनभित्र जानकारी गराउन मर्चेन्ट बैंकर तथा धितोपत्र दलालहरुलाई आज जारी बोर्डको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी बिज्ञप्तीमा उल्लेख भएअनुसार प्रचलित कानूनले तोके बमोजिम न्यूनतम पारिश्रमिक तथा वित्तीय क्षेत्रको औसत किसिमको सेवासुविधा उपलब्ध गराउन सेबोनको आज प्रकाशित परिपत्रमा रहेको छ । सेबोनले संस्थामा कार्यरत सबैलाई शर्त खुल्ने गरी नियुक्ति वा करार गर्न पनि भनिएको छ ।

कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा, शर्त तथा सुविधा सम्बन्धमा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागू गर्न र यस किसिमका व्यवस्थाबाट व्यवसायीहरुको संस्थागत क्षमता अभिवृद्धि, लगानीकर्ताले व्वयसायिक सेवा प्राप्त गर्ने अनि थप व्यवस्थित भई बजार बिकासमा सकारात्मक प्रभाव पर्ने बोर्डले अपेक्षा गरेको छ ।

धितोपत्र व्यवसायीका श्रमिक तथा कर्मचारीहरुले पाउने पारिश्रमिक एवं वित्तीय सुविधा बैंक खातामार्फत अनिवार्य भुक्तानी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन बोर्डका प्रवक्ता निरज गिरीद्वारा हस्ताक्षरित परिपत्रमा खुल्न आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =