पाँडेले आफ्नो जन्मदिन बिर्सिए : सुटिङ्ग सेटमा नै मनाईयो जन्मदिन

काठमाडौं, असोज, १० । हाँस्य टेलिश्रृङ्खला भद्रगोलका एकदमै चर्चित हास्यकलाकार पाँडे (अर्जुन घिमिरे) को हिजो जन्मदिन परेको थियो । पाँडे (अर्जुन घिमिरे) नुवाकोट जिल्ला ओखरपौवामा जन्मिएका हुन् । पाँडेले आफूले अभिनय गरेका भद्रगोलको सुटिङ्गमा व्ययस्त भएका कारण आफ्नो जन्म दिन नै बिर्सिएका थिए ।

यस टेलिश्रृङ्खलाका कार्यकारी अध्यक्ष दीपेन्द्र खनियासहित रेडियो अडियोको टिम ले आफ्नो फोटो सहितको केक मड्खु भन्ज्याङमा चलिरहेको भद्रगोलको सुटिङ्ग सेटमा नै पुगेर जन्म दिनको शुभकामना दिदाँ मात्र उनी छक्क परेका थिए ।

जिवनमै पहिलो पटक पाँडे भएर केक काट्ने अवसर मिलेको र जीवनमा पहिलोपटक बारीको पाटामा बसेर केक काँटेको बताए साथै यसरी पाँडे भएर बारीको पाटामा बसेर केक काट्न पाउँदा आफू निकै खुशी भएको र यसरी सम्मान दिएकोमा आभार पनि व्यक्त गरे ।   टेलिश्रृङ्खला भद्रगोलमा उनको भूमिका दर्शकमाँझ एकदमै लोकप्रिय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =